बिर्तामोडमा आगलागी : १० लाखको क्षति

नेपालभ्युज

बिर्तामोडमा आगलागी : १० लाखको क्षति
सांकेतिक तस्वीर

बनियानी । झापाको बिर्तामोड नगरपालिकामा बिहीबार राति आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

बिर्तामोड–८ प्याकुरेल चोकका शिवलाल गौतमको भान्सा कोठामा अचानक आगलागी हुँदा झण्डै १० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

आगलागीबाट भान्सा पूर्णरूपमा जलेर नष्ट भएको छ भने एक स्कूटरसमेत जलेको छ । आगलागीबाट घरको दक्षिणतर्फको बरण्डाको भागसमेत जलेर क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगो निभाउने क्रममा सोही स्थानका मोहन तिमल्सिनाको हात, खुट्टा, गाला र ढाडमा सामान्य पिल्सिएको छ । स्थानीय मेडिकलमा सामान्य उपचारपछि उनलाई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । –रासस–


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved