दैलेखको महाबु गाउँपालिका अध्यक्षमा कांग्रेसबाट भण्डारी उम्मेदवार

नेपालभ्युज

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा कांग्रेसबाट भण्डारी उम्मेदवार

सुर्खेत । स्थानीय तहको उपनिर्वाचनमा नेपाली कांग्रेसले दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा झलकबहादुर भण्डारीलाई उम्मेदवार बनाउने भएको छ ।

बिहीबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले महाबुको अध्यक्षमा भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला सभापति मणिराम रेग्मीले जानकारी दिए ।

भण्डारीको नाममा निर्णय गरेर केन्द्रमा पठाइएको छ ।

कांग्रेसबाट निर्वाचित महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको ०७९ माघ २७ गते हृदयघातका कारण निधन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved