कार्यभार सम्हाल्न नेपाल आइपुगे इजरायलका नयाँ राजदूत

नेपालभ्युज

कार्यभार सम्हाल्न नेपाल आइपुगे इजरायलका नयाँ राजदूत

काठमाडौं । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी बास आफ्नो कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन् ।

उनलाई बिहीबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा नायब शिष्टाचार महापाल लेखनाथ गौतम तथा यहाँस्थित इजरायली दूतावासका कार्यवाहक राजदूत जनान बेबरले स्वागत गरे ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको कार्यकालमा नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved