स्वीङ स्टेट नर्थ क्यारोलिनामा ट्रम्प विजयी

नेपालभ्युज

स्वीङ स्टेट नर्थ क्यारोलिनामा ट्रम्प विजयी

काठमाडौं । नर्थ क्यारोलिनामा रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् । यो अमेरिकाको सात स्वीङ राज्यमध्ये एक हो ।

स्वीङ स्टेट भनेको त्यो राज्य हो, जहाँ चुनावमा जित वा पराजय एकदमै नजिक हुन्छ ।

उत्तरी क्यारोलिनाका सबै १६ इलेक्टोरल भोट ट्रम्पले जितेका छन् । अमेरिकामा कुल ५३८ इलेक्टोरल भोटहरू छन्, जसमध्ये विजयका लागि २७० मत आवश्यक पर्दछ ।

अधिकांश स्वीङ स्टेटको नतिजा आउन बाँकी छ । कमला ह्यारिसले पेन्सिलभेनिया, मिशिगन र विस्कन्सिनमा जित्ने अपेक्षा गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved