‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

नेपालभ्युज

‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा जनकनन्दिनी गाउँपालिका–४ का दिलीप राउत पक्राउ परेका छन् । एनसिबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई मंगलबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्न इन्टरपोल शाखाको अनुरोधमा गत असोज १८ गते रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोलाई बुझाइएको प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved