झिनो अंकले घट्यो सेयर बजार 

नेपालभ्युज

झिनो अंकले घट्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा झिनो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक ० दशमलव २१ अंकले घटेर २६७७ दशमलव ४० को विन्दुमा पुगेको छ ।

मंगलबार ३०२ कम्पनीका ४७ हजार ५ सय १५ पटकको कारोबारमा ९७ लाख १३ हजार ७ सय ३० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब २० करोड ५५ लाख ५ हजार रुपैयाँ रहेको छ ।

आज ११३ कम्पनीको सेयर मूल्य बढ्दा १२४ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ६ वटा घट्दा ७ वटा बढेको छ । सुपर माई हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने आज नेपाल फाइनान्सको कारोबार सर्वाधिक भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved