पूर्व मुमा बडामहारानी रत्न अस्वस्थ, मध्यरात पुर्‍याइयो अस्पताल

९६ वर्षीय उनको छातीमा समेत सङ्क्रमण देखिए पनि अवस्था सामान्य रहेको जनाइएको छ ।

नेपालभ्युज

पूर्व मुमा बडामहारानी रत्न अस्वस्थ, मध्यरात पुर्‍याइयो अस्पताल

काठमाडौं । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएकी छन् ।

थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उनको उपचार जारी छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई राति नै अस्पताल लगिएको थियो ।

९६ वर्षीय उनको छातीमा समेत सङ्क्रमण देखिए पनि अवस्था सामान्य रहेको जनाइएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणि पाठकले भने, ‘उनको घाँटीमा कफ जम्नेलगायतका समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । केही दिन अस्पताल राखिने छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved