काठमाडौं । पावर हिटरका छबि बनाएका वेष्ट इन्डिजका चाडविक वाल्टन्ले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेल्ने भएका छन् ।
३९ वर्षीय दायाँ हाते ब्याटर वाल्टन अनुबन्ध गरिएको कर्णालीले आइतबार एक विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ । वेष्ट इन्डिजका लागि २ टेष्ट र ९ ओडिआई म्याच पनि खेलिसकेका वाल्टनले आफ्नो आक्रामक ब्याटिङ शैलीका लागि विश्वभरबाट प्रशंसा बटुलेका छन्। अहिलेसम्म १९ टी२०आई खेल खेलेका उनले सन् २०१४ मा अकल्यान्डमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध टी२० आईमा डेब्यु गरेका थिए ।
यसअघि कर्णाली याक्सलेले पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका ओपनर ब्याटर बाबर हायत गरी दुई विदेशी खेलाडीहरू भित्र्याइसकेको छ ।
कर्णाली याक्स कप्तान सोमपाल कामी रहेका छन् भने मुख्य प्रशिक्षक राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल हुन् ।
कर्णाली याक्समा कामीसँग गुल्शन झा, देव खनाल, नन्दन यावद, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, दीपक डुम्रे नेपाली क्रिकेटर अनुबन्ध भइसकेका छन् ।
Facebook Comment
Comment