काठमाडौं । क्यानेडियन डान्सर नोरा फतेहीले करियरको सुरुवाती चरणमा काम पाउनका लागि धेरै चुनौतीको सामना गर्नुपरेको बताएकी छन् ।
नोरा भन्छिन्, ”सुरुमा मैले धेरै अस्वीकृतिको सामना गर्नुपरेको थियो, जुन मेरा लागि सहज थिएन । तर, यसपछि पनि मैले कहिल्यै हार मानिनँ र मेहनत गरिरहेँ । त्यसैको फल हो आज मैले सफलता हात पारेको छु ।”
मेलबर्नको इन्डियन फेस्टिभलमा राजीव मसन्दसँग कुरा गर्दै नोराले भनिन्, ”मलाई याद छ, म एकपटक यशराज फिल्मको अडिसनमा गएकी थिएँ । मैले मेरो संवाद हप्तासम्म कण्ठ गरेँ । मलाई लाग्यो कि मैले राम्रो अडिसन दिएँ । तर, उहाँहरुले मलाई फोन गर्नुभएन र म त्यति राम्रो नभएको भन्दै प्रतिक्रिया दिनुभयो । यो सुनेर मैले रिसले मोबाइल फुटाएँ ।”
नोरा भन्छिन्, ”सफलता पाउनको लागि उपयुक्त समय आउँदो रहेछ । त्यो समय आएपछि सबै ढोका खुल्छ । तर, यदि मैले मेरो लागि नखुल्ने ढोकाहरू खोल्ने प्रयास गरे भने यो कुनै कामको हुनेछैन ।”
नोराले थप भनिन्, ”जसका लागि म रिजेक्ट भएँ । उनी खासै सफल भएनन् । जब ती फिल्महरू आए, तिनीहरू फ्लप भए वा धेरै खराब थिए ।”
Facebook Comment
Comment