जुवातास खेलिरहेको अवस्थामा ४५ जना पक्राउ

नेपालभ्युज

जुवातास खेलिरहेको अवस्थामा ४५ जना पक्राउ
प्रतिकात्मक तस्वीर

काठमाडौं । मोरङ र डडेल्धुरा जुवातास खेलिरहेको अवस्थामा ४५ जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–१७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१६ बस्ने ३५ वर्षीय हरेराम चौधरीसहित १७ जना बिहीबार राति पक्राउ परेका हुन् ।

यस्तै इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार रूपैयाँ र २ बुक सहित पक्राउ गरेको हो । त्यस्तै डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ गोयलखेत बस्ने ३२ वर्षीय दिपक देउवाको घरमा जुवातास खेलिरहेको अवस्थामा देउवासहित २८ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४१ हजार ८ सय ६९ रूपैयाँ र १६ बुक ताससहित पक्राउ गरेको हो । उनीहरुमाथी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved