भारतीय अर्थशास्त्री विवेक देबरायको निधन

नेपालभ्युज

भारतीय अर्थशास्त्री विवेक देबरायको निधन

काठमाडौं । भारतीय अर्थशास्त्री डा. विवेक देबरायको निधन भएको छ । ६९ वर्षको उमेरमा शुक्रबार बिहान दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो । उनी आन्द्राको संक्रमणबाट पीडित थिए ।

पद्मश्री पुरस्कार विजेता देबराय हाल प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक सल्लाहकार परिषद्का अध्यक्षका थिए ।

उनको प्रारम्भिक शिक्षा कोलकाताको नरेन्द्रपुरको रामकृष्ण मिशन स्कूलमा भएको थियो । यसपछि उनले कोलकाताको प्रेसिडेन्सी कलेज, दिल्ली स्कूल अफ इकोनोमिक्स र क्याम्ब्रिजको ट्रिनिटी कलेजबाट उच्च शिक्षा पूरा गरेका थिए ।

पूर्वीय साहित्यलाई अंग्रजीमा अनुवाद गर्ने काममा पनि उनले महत्त्वपूर्ण योगदान गरेका थिए । महाभारत, रामायण तथा चारवटै वेदलगायत विभिन्न संस्कृत कृतिहरूलाई उनले अंग्रेजीमा अनुवाद गरेका थिए ।

मोदीले उनलाई ‘टावरिङ स्कलर’ भन्दै अर्थशास्त्र, इतिहास, संस्कृति, राजनीतिक, अध्यात्मलगायत क्षेत्रमा उनी पारङ्‍गत रहेको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved