काठमाडौंको एक पसलमा आगलागी, चार लाखभन्दा बढीको क्षति

नेपालभ्युज

काठमाडौंको एक पसलमा आगलागी, चार लाखभन्दा बढीको क्षति
सांकेतिक तस्वीर

लक्ष्मी पूजाको साँझ बिहीबार काठमाडौंको एक पसलमा आगलागी भएको छ ।

काठमाडौं महानगरपालिका–८ स्थित राममन्दिर क्षेत्रमा रहेको सौभाग्यविक्रम शाहको घरमा सञ्चालन गरिएको चटपटे र किराना पसलमा आगलागी भएको हो ।

आगलागीबाट करिब चार लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरी वृत्त गौशालाले जनाएको छ ।

आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।

दीपावली गर्न बालिएको बत्तीबाट आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved