थाइ एयर एसियाको प्रतिबन्ध फुकुवा

नेपालभ्युज

थाइ एयर एसियाको प्रतिबन्ध फुकुवा

काठमाडौं । थाइ एयर एसियाको प्रतिबन्ध फुकुवा भएको छ ।

नागरिक उड्डयन प्राधिकरणले थाइ एयर एसियाको उडान अनुमति फुकुवा गरेको हो ।

आइतबार अनुमतिबिना बैंककबाट काठमाडौं आएको थाइ एयर एसियालाई नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो ।

उडान तालिका नै नभए पनि थाइ एयर एसियाले बैंकक-काठमाडौं उडान गरेपछि तत्कालका लागि उडानमा रोक लगाएको थियो ।

यसपछि थाइ एयरले माफी मागेको थियो । माफी मागेपछि आगामी दिनमा गौतमबुद्ध र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने सर्तमा प्राधिकरणले उडान अनुमति फुकुवा गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved