ट्रम्पको टिप्पणी- ह्यारिसले जिते तेस्रो विश्वयुद्धमा लाखौं मानिस मारिनेछन्

नेपालभ्युज

ट्रम्पको टिप्पणी- ह्यारिसले जिते तेस्रो विश्वयुद्धमा लाखौं मानिस मारिनेछन्

काठमाडौं । नोभेम्बर ५ मा हुन लागेको अमेरिकी राष्ट्रपतीय चुनावका प्रत्याशी डोनाल्ड ट्रम्पले अर्की प्रत्याशी कमला ह्यारिसले जिते तेस्रो विश्वयुद्धमा लाखौं मानिस मारिने टिप्पणी गरेका छन् ।

आफ्ना समर्थकहरूका सामु उनले यस्तो बताएका हुन् । अमेरिकी राष्ट्रपतिका लागि ह्यारिस पूर्णतया अयोग्य भएको जिकिर गर्दै ट्रम्पले भने, “सबैलाई थाहा छ कि उनी पूर्णतया अयोग्य छिन् । कसैले उनलाई सम्मान गर्दैनन्, कसैले उनीमाथि विश्वास गर्दैनन्, कसैले उनलाई गम्भीर रूपमा लिँदैन ।”

ह्यारिस राष्ट्रपति बने भने उनले लाखौं मानिसलाई तेस्रो विश्वयुद्धमा धकेल्ने दाबी समेत उनले गरे ।

यसअघि डेमोक्रेटिक पार्टीकी राष्ट्रपति पदका उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्पलाई निशाना बनाएकी थिइन् ।

नोभेम्बर ५ मा अमेरिकी राष्ट्रपतीय चुनाव सम्पन्न हुँदैछ । चुनावी मैदानमा प्रमुख प्रतिस्पर्धीका रुपमा ट्रम्प र ह्यारिस छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved