आजको मौसमबारे थाहा पाउनुहोस्

नेपालभ्युज

आजको मौसमबारे थाहा पाउनुहोस्
फाइल तस्वीर ।

काठमाडौं । अहिले देशभर पश्चिमी वायुको प्रभाव छ । त्यसैगरी देशका पहाडी भूभागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ ।

कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा दिउँसो मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानमा हल्का हिमपातको समते सम्भावना रहेको छ ।

राति पनि कोशी प्रदेशलगायात बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved