‘मिस्ट्री गर्ल’लाई डेट गर्दै कार्तिक आर्यन !

नेपालभ्युज

‘मिस्ट्री गर्ल’लाई डेट गर्दै कार्तिक आर्यन !

काठमाडौं । भारतीय अभिनेता कार्तिक आर्यन विगत दुई वर्षदेखि आफू प्रेमसम्बन्धमा रहेको बताउँदै आएका छन् ।

तर, ‘भूल भुलैया ३’ मा आर्यनकी को-स्टार विद्या बालनले एउटा रोचक खुलासा गरेकी छन् । विद्याकाअनुसार कार्तिकको जीवनमा एक मिस्ट्री गर्ल छिन्, जससँग उनी फोनमा च्याट गरिरहन्छन् ।

आर्यनले सारा अली खानदेखि अनन्या पाण्डेसम्म सबैलाई डेट गरेका थिए । तर, पछिल्ला दुई–तीन वर्षदेखि उनी आफूलाई सिंगल बताउँदै आएका छन् ।

तर, ‘भूल भुलैया ३’ को मञ्जुलिका अर्थात् विद्याले गर्दा नै अभिनेताको प्रेम जीवनलाई उजागर गरेको देखिन्छ ।

‘भूल भुलैया ३’को टिम ‘द ग्रेट इन्डियन कपिल शो’मा विद्याले ‘भूल भुलैया ३’ को सुटिङका ​​क्रममा कार्तिकको पक्कै पनि कसैसँग अफेयर भएको कुरा संकेत गरिन् ।

तर, विद्याले नाम भने खुलाएकी छैनन् । उनले भनेकी थिइन्, ‘उनी सधैं फोनमा हुन्थे । लव यू… मी टू… लव यू… मी टू… भन्थे ।’ शोमा विद्याले कार्तिकलाई केटीको नाम पनि सोध्छिन्, जसमा उनी लजाउँछन् ।

खैर, कार्तिक आर्यनको गर्लफ्रेन्डको लिस्ट निकै लामो भइसकेको छ । तर, तीमध्ये सारा अली खान, अनन्या पाण्डे र जान्हवी कपूरको नाम सबैभन्दा बढी चर्चामा थियो ।

तर, कार्तिकले आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गरेनन् । तर, ‘कफी विथ करण’ को एक एपिसोडमा सारा र अनन्याले एकअर्कालाई ठट्टा गर्दै भनेका थिए, ‘दुबैले कसैलाई डेट गर्थे, जो सबैको एक्स हो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved