इरानका सर्वोच्च नेता खामेनी भन्छन् – इजरायलले गलत कदम चाल्यो

नेपालभ्युज

इरानका सर्वोच्च नेता खामेनी भन्छन् – इजरायलले गलत कदम चाल्यो
Photo Courtesy: AFP

काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले अक्टोबर २६ मा इजरायलले गरेको आक्रमणप्रति प्रतिक्रिया दिएका छन् । इजरायलले गलत कदम चालेको खामेनीको भनाइ छ ।

‘जियोनिस्ट शासनले दुई रात अघि गलत कदम चाल्यो। हामीले उनीहरूलाई इरानी जनताको शक्ति, दृढ संकल्प र पहलको बारेमा बताउनुपर्छ,’ खामेनीले एक्समा लेखेका छन् ।

इजरायलले इरानी सैन्य अखडामा हवाई आक्रमण गरेको थियो । यी आक्रमणमा चार इरानी सैनिकको मृत्यु भएको छ ।

यस महिनाको सुरुमा इरानले इजरायलमा करिब २०० मिसाइल प्रहार गरेको थियो । सोही आक्रमणकाे बदलास्वरुप इजरायलले हमला गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved