प्राइम कमर्सियल बैंकले ५ प्रतिशत लाभांश दिने

नेपालभ्युज

प्राइम कमर्सियल बैंकले ५ प्रतिशत लाभांश दिने

काठमाडौं । प्राइम कमर्सियल बैंकले यो वर्षका लागि आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । आइतबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष २०८० /८१ को मुनाफाबाट बैंकले यो वर्ष हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दर हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ । यद्यपि, यो वर्षका लागि बैंकले ६ दशमलव १८ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको थियो ।

गत वर्ष भने बैंकले आफ्ना सेयरधनीहरुलाई निराश बनाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved