नौ अंकले घट्यो सेयर बजार, एक सय ४१ कम्पनीको सेयर मूल्य राताम्मे

नेपालभ्युज

नौ अंकले घट्यो सेयर बजार, एक सय ४१ कम्पनीको सेयर मूल्य राताम्मे

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजार घटेको छ । आज सेयर बजार परिसूचक ९ दशमलव १९ अंकले घटेर २६१७ दशमलव ९५ को विन्दुमा पुगेको छ ।

आइतबार ३२० कम्पनीका ५६ हजार ६ सय ४६ पटकको कारोबारमा १ करोड ११ लाख ३४ हजार १ सय ७८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

१४१ कम्पनीको सेयर मूल्य घट्दा ९१ कम्पनीको बढेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ५ वटा बढ्दा बाँकी ८ वटा घटेको छ । तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा आइसीएफसी फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved