धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसाको सिकारमा व्यस्त !

नेपालभ्युज

धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसाको सिकारमा व्यस्त !

कञ्चनपुर । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका थारू समुदायका बन्धुराम चौधरी अहिले धानबाली भित्र्याएर फुर्सदिला भएलगत्तै मुसा मार्न व्यस्त भएका छन् ।

सानैदेखि मुसा मार्न सिकेका उनले अब यो कला आफ्नो दिनचर्याको एक हिस्सा बनाएका छन् ।

उनको टोलीमा राजबहादुर र भागिराम पनि सामेल छन्, जो बिहानै फरुवा बोकेर मुसा मार्न निस्कन्छन् र साँझ घर फर्किन्छन् ।

राजबहादुर, भागिराम पनि दिउँसोको खाना बोकेर मुसा मार्न काँधमा फरुवा राखेर बिहानै बन्धुरामसँगै निस्कन्छन् ।

साँझ अबेरसम्म मुसा मारेर तीनै जना घर फर्कने गर्छन् । थारू समुदायले मुसा मारेर त्यसबाट चटनी, टिना (तरकारी), पकुवा (ओगोमा पोलेको) लगायत परिकार बनाएर खाने गर्दछन् ।

पाहुनालाई अन्य परिकारसँगै मुसाका परिकार पस्किने चलन थारू समुदायको पुरानै हो ।

“खान्कीमा मुसाको परिकार भएन भने खाना खाएकै रुच्दैन”, बुधरामले भने, “त्यहीँ भएर मुसा मार्न साथीभाइसँग जाने गर्दै आएका छौँ, मुसा मार्ने परम्परा पुर्खौदेखि चल्दै आएको छ, त्यसलाई निरन्तरता दिएका छौँ ।” धान काटेर खाली भएका खेतमा मुसा पाइने गरेका छन् । दिनमा २० देखि ३० वटा मुसा मारेर ल्याउने गरेको उनी बताउँछन् । “मुसा धेरै मिले बाँडेर घरमै लैजान्छौँ”, भागिरामले भने, “थोरै भए खेतमै आगोमा पोलेर पकुवा बनाएर खाएर फर्कन्छौँ ।”
धान काटिसकेपछि खाली भएका खेतमा मुसा सहजै भेटिने हुँदा यो समय थारू समुदायले मुसा मार्न उपयुक्त मान्छ ।

थारू समुदायका लागि मुसा मात्र शिकार होइन, यो परिकार बनाउने परम्परागत खाजा पनि हो ।

मुसाका परिकारमा चटनी, टिना (तरकारी), र पकुवा (ओगोमा पोलेर पकाएको मासु) आदि थारू खान्कीका मुख्य हिस्सा हुन् ।

मुसाको परिकार भएन भने खानामा रुचि नै नलाग्ने बताउँदै उनीहरू यस परम्परालाई पुख्र्यौली सम्पदा झैं गर्वसाथ पालना गर्छन् ।

पहिला समूहमा खेत खनेर मुसा मार्न जाने प्रचलन थियो, अहिले भने थोरै जनाले मात्र यो परम्परालाई निरन्तरता दिएका छन् ।

युवाहरूले आधुनिक व्यावसायिक क्षेत्रमा ध्यान दिन थालेपछि यो कला बूढापाकामा मात्र सीमित बन्दै गएको छ । यसबेला खेतमा अनाज नहुने र वर्षा सकिसकेको हुन्छ, जसले मुसा मार्न सजिलो बनाउँछ। थारू समुदायले फरुवा र पानीको सहायताले मुसा निकालेर खेतमै पकुवा बनाउँछन् ।

थारूहरूले विशेष गरी गहुँ र धानबाली भित्र्याइसकेपछि मुसाको सिकार गर्ने चलन छ ।

पहिले वन क्षेत्रमा समेत थारू समुदायका मानिस मुसा मार्न जान्थे, तर अहिले प्रतिबन्धका कारण उनीहरूले खेतमै सिकार गर्ने परम्परा अपनाएका छन् ।

मुसाको मासु लौकाको तरकारीसँग मिलाएर अथवा पोलेर खाने चलन छ, जसलाई थारूहरूले खासगरी परिकारको रुपमा पस्किन्छन् ।

वर्षौंदेखि थारू समुदायले मुसा सिकारको यो परम्परालाई निरन्तरता दिँदै आइरहेका छन्, र अहिले थारू समुदायको परम्परागत यो परिकार अन्य समुदायमा पनि लोकप्रिय हुँदै गएको छ । -रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved