एफसी १७ वर्ष मुनिको एसियन कप छनोटमा नेपाल कतारसँग भिड्दै

नेपालभ्युज

एफसी १७ वर्ष मुनिको एसियन कप छनोटमा नेपाल कतारसँग भिड्दै

काठमाडौं । एफसी १७ वर्ष मुनिको एशियन कप छनोटमा नेपाल आज कतारसँग भिड्दैछ ।

कतारको घरेलु मैदान दोहाको एसपायर एकेडेमी पिचमा हुने यो खेल नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ ।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा साविक विजेता जापानसँग ९–२ गोलले पराजित भएको थियो ।

कतारको हमाद विन खालिफा स्टेडियममा गएराति भएको खेलमा नेपाल जापानसँग ९–२ गोलले पराजित भएको हो ।

समूह ‘एफ’ मा नेपाल रहेको टोलीमा जापानसँगै, कतार, र मङ्गोलिया छन् । नेपालले पर्सि आइतवार मङ्गोलियासँग खेल्नेछ ।

खेल दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved