साफ च्याम्पियनसिप

श्रीलंकालाई ६-० ले हराउँदै नेपाल समूह विजेता, सेमिफाइनलमा भारत प्रतिद्वन्दी

नेपालभ्युज

श्रीलंकालाई ६-० ले हराउँदै नेपाल समूह विजेता, सेमिफाइनलमा भारत प्रतिद्वन्दी

काठमाडौं । समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलमा समूह विजेता बनेको छ ।

बिहीबार दशरथ रंगशालामा श्रीलंकाविरुद्ध प्रभावशाली जित हासिल गरेर नेपाल समुह विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । दुई जित र १ बराबरी गरेको नेपाल ७ अंक बटुलेर गोल अन्तरका आधारमा समुह बीमा पहिलो बन्यो ।

यो समूहबाट समान अंक भएको भुटान गोल अन्तरका आधारमा दोस्रो भयो । नेपाल र भुटान दुबैले १७ गोल गरेका थिए । तर, नेपालले कुनै गोल खाएको थिएन भने भुटानले एक गोल खाएको थियो ।

नेपालले अब फाइनल प्रवेशका लागि समूह ‘ए’ को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’को उपविजेता बनेको भुटानले समूह ‘ए’ को विजेता बंगलादेशसँग खेल्नेछ।

आजको खेलमा नेपालका लागि रेखा पौडेलले २, सावित्रा भण्डारी, सविता रानामगर, अस्मिता कार्की र रश्मी घिसिङले १/१ गोल गरे ।

नेपालले पहिलो हाफमै ४–० को अग्रता लिएको थियो । दोस्रो हाफमा नेपालले थप २ गोल गर्‍यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved