बोइङका मजदुरको हड्ताल जारी, ३५ प्रतिशत तलब बढाउने नयाँ प्रस्ताव अस्वीकार

नेपालभ्युज

बोइङका मजदुरको हड्ताल जारी, ३५ प्रतिशत तलब बढाउने नयाँ प्रस्ताव अस्वीकार

काठमाडौं । अमेरिकाको हवाईजहाज उत्पादन कम्पनी बोइङका हड्तालरत मजदुरहरूले चार वर्षमा ३५ प्रतिशत तलब वृद्धि गर्ने नयाँ प्रस्ताव अस्वीकार गरेका छन् ।

आफ्ना ६४ सदस्यले प्रस्तावित सम्झौता अस्वीकृत गरेको इन्टरनेशनल एशोसिएशन अफ मेशिनिस्ट्स एन्ड एयरोस्पेस वर्कर्स आईएएम युनियनले बताएको छ ।

सेप्टेम्बर १३ मा प्रारम्भिक प्रस्ताव अस्वीकार भएपछि सुरु भएको हड्तालमा बोइङका ३० हजारभन्दा बढी श्रमिक सहभागी छन् ।

घाटा लगभग ६ अर्ब अमेरिकी डलर पुगेको र कम्पनी संकटमा पर्न थालेको बोइङका सीईओ केली ओर्टबर्गले बताएका थिए । बोइङले पछिल्लो प्रस्ताव अस्वीकृत भएको बारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

हड्तालमा रहेका मजदुरले औपचारिक मतदानमार्फत प्रस्ताव अस्वीकार गरेको यो दोस्रो पटक हो । गत महिना ९५५ मजदुरले पहिलो प्रस्ताव अस्वीकार गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved