अन्डरवर्ल्ड ग्याङ्स्टार छोटा राजनले बम्बई उच्च अदालतबाट पाए जमानत

नेपालभ्युज

अन्डरवर्ल्ड ग्याङ्स्टार छोटा राजनले बम्बई उच्च अदालतबाट पाए जमानत

काठमाडौं । भारतको बम्बई उच्च अदालतले २३ वर्ष पुरानो हत्या प्रकरणमा छोटा राजनलाई जमानत दिएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार छोटा राजनलाई सन् २००१ मा होटल व्यवसायीको हत्या गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको थियो ।

लाइभ लका अनुसार सन् २००१ मा जया शेट्टीको हत्याको मुद्दामा अन्डरवर्ल्ड ग्याङ्स्टार छोटा राजनले जमानत पाएका छन् । यस मुद्दामा राजनलाई यसअघि नै सजाय भइसकेको छ ।

छोटा राजन पत्रकार जे डे हत्याकाण्डमा सजाय काटिरहेकाले जेलबाट निस्कन गाह्रो छ ।

सन् २०१८ मा मुम्बईको एक विशेष अदालतले पत्रकार जे डेको हत्या प्रकरणमा मुख्य आरोपी छोटा राजनसहित सबै नौ दोषीहरूलाई जन्मकैदको सजाय सुनाएको थियो ।

मुम्बईका ज्योतिर्मय ‘मिड डे’ अखबारमा सिनियर क्राइम रिपोर्टरका रूपमा काम गर्थे । ‘जे डे’ नामबाट पत्रिका लेख्ने ज्योतिर्मयको ११ जुन २०११ मा मुम्बईको उपनगर पवईमा गोली हानी हत्या गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved