काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको दोस्रो दिनको बयान लिने काम सकिएको छ ।
बयानका लागि लामिछानेलाई मंगलबार प्रहरीले सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराएको थियो । अस्ति सोमबार पनि सरकारी वकिलको कार्यालयमै बयान लिएको थियो ।
कार्तिक २ गते पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका लामिछानेलाई छ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।
लामिछानेविरुद्ध सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ ।
यस्तै सहकारी ठगी प्रकरणमै पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवम् पूर्वडीआईजी छविलाल जोशीसँग प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान लिएको छ ।
रुपन्देहीमा जोशीसँगको बयान चल्दै गर्दै सहकारी पीडितले जिल्ला अदालतअगाडि विरोध प्रदर्शन गरेका थिए ।
Facebook Comment
Comment