इजरायलमा हिजबुल्लाहको आक्रमण जारी

नेपालभ्युज

इजरायलमा हिजबुल्लाहको आक्रमण जारी

एजेन्सी । लेबनानमा हिजबुल्लाहले मंगलबार इजरायलविरुद्ध गरेको आक्रमणले क्षेत्रीय तनावलाई थप उग्र बनाएको छ ।

दक्षिणी लेबनानबाट मिसाइल, ड्रोन, र रकेट प्रयोग गरी इजरायली सेनामा ३१ पटक आक्रमण भएको हिजबुल्लाहले दाबी गरेको छ।

सोमबार मात्र इजरायली डिफेन्स फोर्सले हिजबुल्लाहले १७० प्रोजेक्टाइल प्रहार गरेको रिपोर्ट गरेको थियो, जसले द्वन्द्वलाई थप गम्भीर बनाएको छ।

त्यस्तै, संयुक्त राष्ट्र संघले गाजाको जबालियामा रहेको शरणार्थी शिविरमा मानवीय सहायता नपुगेको जनाएको छ । इजरायली सैन्य अभियानको कारण सयौँले ज्यान गुमाएका छन्, जबकि लाखौँ मानिसहरू प्रभावित भएका छन् ।  युएनको मानवीय सहायता निकायलाई उक्त क्षेत्रमा सहयोग पुर्याउन चार दिनसम्म रोकिएको बताइएको छ ।

दक्षिणी लेबनानमा योजनाबद्ध ६६ मध्य चार स्थानमा मात्र मानवीय सहायता पुगेको छ, तर इजरायली संस्था कोग्याटले सबै क्षेत्रमा सहयोग पुगेको दाबी गरेको छ ।

हिजबुल्लाहले १ अक्टोबरदेखि गरेको आक्रमणमा ३२ सय पटक इजरायली सेनाको प्रतिकार भोगेको जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै तीन आक्रमण गरिएका छन्। यसैबीच, राफिक हरिरी विश्वविद्यालय अस्पताल नजिकको आक्रमणमा एक बालकसहित चार जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले उत्तरी गाजाका अस्पतालहरूमा भएका आक्रमणलाई मानवताविरोधी भन्दै कडा शब्दमा निन्दा गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved