क्रिस्टल प्यालेस ८ खेलसम्म जितविहीन

नेपालभ्युज

क्रिस्टल प्यालेस ८ खेलसम्म जितविहीन
Soccer Football - Premier League - Nottingham Forest v Crystal Palace - The City Ground, Nottingham, Britain - October 21, 2024 Nottingham Forest's Chris Wood heads at goal REUTERS/Molly Darlington

एजेन्सी । प्रिमियर लिगको गएराति भएको खेलमा नटिङ्हम फरेस्टले क्रिस्टल प्यालेसलाई १-० ले पराजित गर्दै प्यालेसको जितविहीन यात्रा ८ खेलसम्म पुर्‍याएको छ।

क्रिस उडको ६५औं मिनेटमा गरेको निर्णायक गोलले फरेस्टलाई तीन अंक दिलाएको हो, जसले टोलीलाई अंक तालिकामा आठौं स्थानमा उकासेको छ।

यो जितसँगै नटिङ्हम फरेस्टले ८ खेलबाट १३ अंक जोडेको छ भने क्रिस्टल प्यालेस ८ खेलबाट मात्र ३ अंकसहित १८औं स्थानमा रहेको छ। पाँचौ हार भोगेको प्यालेसले यस सिजनमा ३ बराबरीबाट मात्र अंक जुटाएको छ, जसले टोलीलाई थप दबाबमा राखेको छ। अंक तालिकामा प्यालेसभन्दा तल साउथह्याम्पटन र वल्भ्स समान १ अंकसहित छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved