न्यौपाने राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षक, बन्द प्रशिक्षणमा बोलाए ३६ खेलाडी

नेपालभ्युज

न्यौपाने राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षक, बन्द प्रशिक्षणमा बोलाए ३६ खेलाडी
तस्वीर स्रोत : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नवीन न्यौपानेलाई राष्ट्रिय पुरुष टोलीको अन्तरिम मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

एन्फा कम्प्लेक्समा सोमबार एन्फा महासचिव किरण राईले न्यौपानेलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।

तस्वीर स्रोत : एन्फा

त्यस्तै, चेतन घिमिरेलाई सहायक प्रशिक्षकमा र नवीन महर्जनलाई अन्तरिम रूपमा गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।

यस्तै, मुख्य प्रशिक्षक न्यौपानेले राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणमा ३६ खेलाडी बोलाएका छन् । टोली नोभेम्बर फिफा विन्डोमा मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तान जानेछ ।

प्रारम्भिक टोली :

गोलकिपरः किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, जियारथ शेख, कृषाल मोक्तान

डिफेन्डरः अनन्त तामाङ, छिरिङ लामा, सेमन्त थापा, रोहित चन्द, विमल पाण्डे, निर्मल घिसिङ, सनिश श्रेष्ठ, विवेक चौधरी, रणदीप पौडेल, एन्जेल आई–महर्जन, सविन घिमिरे, अभिषेक वाइबा

मिडफिल्डरः लकेन लिम्बू, रोहन कार्की, मणि लामा, उत्सव राई, भरत खवास, कुशल देउवा, अरिक विष्ट, आशिष राई, अभिनाश स्याङ्तान, मनिष डाँगी, आयुष घलान, उज्वल राई ।

फरवार्डः गिलेस्पी जंग कार्की, अन्जन विष्ट, सुमित श्रेष्ठ, सञ्जीव विष्ट, समिर तामाङ, निरजन धामी ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved