नेप्सेमा ५८ अंकको गिरावट, २२१ कम्पनीको सेयर मूल्य घट्यो 

नेपालभ्युज

नेप्सेमा ५८ अंकको गिरावट, २२१ कम्पनीको सेयर मूल्य घट्यो 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज सेयर बजार परिसूचक ५७ दशमलव ९९ अंकले घटेर २६३९ दशमलव ९२ को विन्दुमा पुगेको छ ।

सोमबार ३१९ कम्पनीका ७२ हजार ४ सय २५ पटकको कारोबारमा १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ९० करोड ७ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ११ दशमलव १४ अंकले घट्दा फ्लोट इन्डेक्स ४ दशमलव ०६ अंकले घटेको छ । १३ उपसमूह राताम्मे हुँदा जीवन बीमा र निर्जीवन बीमा सर्वाधिक घटेका छन् । सोमबार हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved