सेरेन प्रोडक्सनले किन्यो धर्मा प्रोडक्सनको ५० प्रतिशत सेयर

नेपालभ्युज

सेरेन प्रोडक्सनले किन्यो धर्मा प्रोडक्सनको ५० प्रतिशत सेयर

काठमाडौं । अदार पूनावालाको सेरेन प्रोडक्सनले चर्चित बलिउड निर्माता-निर्देशक करण जोहरको धर्मा प्रोडक्सनको ५० प्रतिशत सेयर खरिद गरेको छ ।

पूनावालाले धर्मा प्रोडक्सनमा २ हजार करोड रुपैयाँ लगानी गरेका छन् । यही लगानीबाट पूनावालाले धर्मा प्रोडक्सनको ५० प्रतिशत सेयर किनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एक प्रेस विज्ञप्तिमार्फत् धर्माप्रोडक्सनले अदार पूनावाला नेतृत्वको सिरिन प्रोडक्सनले धर्मा प्रोडक्सन र धर्माटिक इन्टरटेनमेन्टमा एक-एक हजार करोड रुपैयाँ लगानी गरेको बताएको छ ।

करण जोहरको धर्मा प्रोडक्सन भारतको प्रमुख फिल्म निर्माण कम्पनीहरू मध्ये एक हो । २,००० करोडको लगानीमा सिरिन प्रोडक्सनको धर्मा प्रोडक्सनमा अब ५० प्रतिशत हिस्सेदारी छ । जबकि बाँकी ५० प्रतिशत सेयर करण जोहरको रहेको छ ।

कम्पनीको कार्यकारी अध्यक्षको रूपमा, करण जोहरले कम्पनीको सबै रचनात्मक कार्यको नेतृत्व गर्नेछन् । प्रमुख कार्यकारी अधिकृतको रुपमा अपूर्व मेहताले काम गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved