रवि पक्राउको विरोधमा तेस्रो दिन पनि समर्थकको प्रदर्शन

नेपालभ्युज

रवि पक्राउको विरोधमा तेस्रो दिन पनि समर्थकको प्रदर्शन
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउको विरोधमा समर्थकले आज तेस्रो दिन पनि प्रदर्शन गरिरहेका छन् ।

सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीको सीआईबीले गत शुक्रबार (२ कार्तिक) साँझ प्रकाउ गरेको थियो । उनी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

समर्थकहरु रवि पक्राउको विरोधमा पोखराका विभिन्न स्थानमा आज पनि प्रदर्शन गरिरहेका छन् ।

आन्दोलनकारीले ‘दलाल माफियाहरू होसियार’, ‘भ्याट छल्नेहरूलाई कारबाही गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘भ्रष्टहरूलाई कारबाही गर’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘केपी ओली मुर्दावाद’, ‘रवि दाइ हाइ हाइ’ जस्ता नारा लगाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved