सवारी दुर्घटनाबाट दैनिक ७ जनाको ज्यान गइरहेको छ, ट्राफिक नियमको पालना गरौँ : गृहमन्त्री

नेपालभ्युज

सवारी दुर्घटनाबाट दैनिक ७ जनाको ज्यान गइरहेको छ, ट्राफिक नियमको पालना गरौँ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ट्राफिक नियमको पालना गर्नु सबैको दायित्व रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा ट्राफिक प्रहरीद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“ट्राफिक नियमको पालना गर्नु हामी सबैको दायित्व हो । ट्राफिकको नियम पालना गर्नुपर्छ भन्ने कुरा त हाम्रा लागि हो नि, हेल्मेट प्रहरीका लागि होइन, हाम्रा लागि हो,” उनले भने ।

अगाडि उनले भने, “सवारी दुर्घटना ठूलो चुनौतीका रूपमा देखा परेको छ । सडक दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुन्छ,” उनले भने, “त्यसैले सवारी ट्राफिक नियमको पालना गर्नुपर्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved