घरेलु श्रमिकको बारेमा श्रम ऐनमा स्पष्ट व्यवस्था गर्न माग

नेपालभ्युज

घरेलु श्रमिकको बारेमा श्रम ऐनमा स्पष्ट व्यवस्था गर्न माग

काठमाडौं । घरेलु श्रमिकको बारेमा श्रम ऐनमा स्पष्ट व्यवस्था गर्न माग सरोकारवालाहरूले माग गरेका छन् ।

गृह श्रमिक सरोकार समाज नेपालकी अध्यक्ष प्रभा पोखरेलले श्रम ऐनमा गृह श्रमिकको बारेमा स्पष्ट व्यवस्था हुनुपर्ने बताइन् छन् ।

अन्तर्राष्ट्रिय गृह श्रमिक दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष पोखरेलले श्रम ऐन २०७४ का प्रावधानमा गृह श्रमिकको स्पष्ट व्यवस्था गर्नुपर्ने तथा गृह श्रमसम्बन्धी आईएलओ अभिसन्धि १७७ पारित गरी त्यसमा भएका प्रावधानलाई श्रम कानुनका रुपमा व्यवस्था गर्नुपर्ने माग गरेकी हुन् ।

गृह श्रमिक दिवसका अवसरमा समाजले आज (आइतबार) र्‍याली निकालेको छ । भृकुटीमण्डपबाट निकालिएको ¥याली रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा ५ सयभन्दा बढी महिलाको सहभागिता थियो ।

गृह श्रमिकहरूको घरमै बसेर गरिने गृह श्रमलाई राष्ट्रिय जनगणनामा अनिवार्य समावेश गर्ने व्यवस्था मिलाइनुपर्ने, कसैले गृह श्रमिकलाई काम दिँदा कार्य सर्त र सम्झौताका कागज अनिवार्य गर्ने व्यवस्था गरिनुपर्ने, सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने, दैनिक आठ घण्टा र विभिन्न बिदा (राष्ट्रिय बिदा, वार्षिक बिदा, बिरामी बिदा, पर्व बिदा आदि) गृह श्रमिकले पनि उपयोग गर्न पाउने व्यवस्था गरिनुपर्नेलगायत माग समाजले गरेको छ ।

‘गृह श्रमिकको माग–गृह अभिसन्धि १७७ को अनुमोदन, श्रम अधिकार, सामाजिक सुरक्षा र मर्यादित काम’ भन्ने मागसहित नेपालमा विभिन्न कार्यक्रम गरी गृह श्रमिक दिवस मनाइँदैछ ।

गृह श्रमिकहरूको महत्त्वपूर्ण योगदानलाई मान्यता दिन प्रत्येक वर्ष अक्टोबर २० मा अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस मनाइँदै आइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved