उत्तरी गाजामा इजरायली हमलामा परी ८७ जनाको मृत्यु

नेपालभ्युज

उत्तरी गाजामा इजरायली हमलामा परी ८७ जनाको मृत्यु

काठमाडौं। उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायलीले हमला गर्दा मृत्यु हुनेको संख्या ८७ पुगेको छ।

बेत लाहिया क्षेत्रमा ८७ जनाको मृत्यु तथा ४० जना घाइते भएको हमासको अधिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो। आक्रमणका कारण भवनको भग्नावशेष मुनि फसेको तथा विभिन्न सडकखण्डमा एम्बुलेन्स पनि पुग्न नसकेको मन्त्रालयले जनाएको छ।

शनिबार राति अबेर भएको बम विस्फोटमा परी कम्तिमा ७८ जना मारिएको हमासको निकायले बताएको थियो। । इजरायली सेनाले हमासले हताहतको बारेमा बढाइचढाइपूर्ण जानकारी दिएको र आफ्नो तथ्याङ्कसँग मेल नखाएको आरोप लगाएको छ।

प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार इजरायली हमलामा आवासीय परिसर पूरै ध्वस्त भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved