रवि लामिछानेको पक्राउ ठिक छ, पूर्वाग्रह होइन : राष्ट्रिय जनमोर्चा

नेपालभ्युज

रवि लामिछानेको पक्राउ ठिक छ, पूर्वाग्रह होइन : राष्ट्रिय जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विषय ठिक रहेको जनाएको छ ।

अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक विज्ञप्ति जारी गरी विभिन्न सहकारीको रकम अपचलनमा नाम जोडिएकाले अनुसन्धान हुनु सही र स्वाभाविक भएको बताएका हुन् ।

अरू विपक्षी दलहरूले पक्राउको विरोध गर्दै गर्दा विपक्षी जनमोर्चाले भने स्वागत गर्दै पूर्वाग्रहका आधारमा पक्राउ नभएको दाबी गरेको छ ।

‘‘सहकारी ठगीमा रवि लामिछानेमाथि अनुसन्धान गर्न गरिएको गिरफ्तारी सामान्यतया सही नै छ । रविमाथि कुनै राजनीतिक पूर्वाग्रहका आधारमा नभएर सत्य र तथ्यको आधारमा निष्पक्ष छानबिन गरेर कारबाही गरिनु पर्दछ’, केसीले विज्ञप्तिमा भनेका छन् ।

रविमाथि अनुसन्धान गर्न राष्ट्रिय जनमोर्चाले सदन तथा सडकमा निरन्तर आवाज उठाएको तर तर तत्कालीन माओवादी–एमाले गठबन्धन सरकारले उनलाई जोगाउन कानुनकै धज्जी उडाएको केसीले आरोप लगाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved