कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई भोलि मात्रै अदालतमा उपस्थित गराइने

नेपालभ्युज

कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई भोलि मात्रै अदालतमा उपस्थित गराइने

पोखरा । सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भोलि मात्रै अदालतमा पेश गरिने भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी राती नै स्थलमार्गबाट पोखरा ल्याए पनि आज शनिबार अदालत बिदा भएकाले आइतबार अदालतमा उपस्थित गराइने जनाइएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि पोखरा ल्याइएको हो ।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ ।

लामिछानेलाई पोखरा पु¥याइएसँगै रास्वपाका नेताहरू पनि पोखरा नै केन्द्रित भएका छन् । दुई उपसभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले, तोशीमा कार्कीलगायतका नेताहरू पनि पोखरा पुगेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved