पक्राउपछि के हुन्छ रवि लामिछानेको सांसद पद ?

नेपालभ्युज

पक्राउपछि के हुन्छ रवि लामिछानेको सांसद पद ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेलाई सहकारीको रकम अपचलन र सङ्गठित ठगीको आरोपमा पक्राउ परेपछि उनको सासद पद के हुन्छ भन्ने चासो छ । यस्तोमा, धेरैले उनको सांसद पदको भविष्यबारे चासो देखाएका हुन् ।

प्रहरीले लामिछाने पक्राउ परेको जानकारी सभामुख र संसद सचिवालयलाई दिएका छन् । तर, यसले तुरुन्तै उनको सांसद पद निलम्बन हुने छैन ।

नेपालको संविधानको धारा १०३ अनुसार, जब सांसद पक्राउ पर्छन्, सभामुखलाई जानकारी दिनुपर्छ । सोही अनुसार सूचना दिइएको छ । अहिले संसद्को अधिवेशन नचलेको हुँदा, संसद सचिवालयले यो सूचना पाटीमा टाँस्नेछ ।

अहिलेको अवस्थामा, लामिछानेको सेवासुविधा तलब–भत्ता भने रोकिँदैन । तर, प्रहरीले उनीमाथि तीन वर्षभन्दा बढी सजाय माग गरेर अभियोग लगायो र अदालतले पुर्पक्षका लागि थुनामा पठायो भने मात्र उनको सेवासुविधा रोकिनेछ ।

उनको सांसद पद भने अदालतले दोषी ठहर गरेपछि मात्रै जानेछ । यदि सफाइ पाए, उनले आफ्नो काममा पुनः फर्कनेछन् । तर, यदि थोरै सजाय पाएर थुनामुक्त भए र प्रतिनिधि सभाको कार्यकाल सकिएन भने उनी पुनः सांसदका रूपमा काम गर्न पाउने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved