काठमाडौं । केही समयअघि बलिउड अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुरको ब्रेकअप भएको खबर आएको थियो ।
हालै यी खबरपछि मलाइकाले पहिलो पटक आफ्नो पर्सनल र प्रोफेशनल लाइफको बारेमा कुरा गरेकी छिन् । उनले कुनै पछुतो बिना आफ्नो जीवन बिताइरहेको बताएकी छिन् ।
मलाइकाले जीवनमा आफूले जे रोजेको छु, त्यसले आफ्नो जीवनलाई आकार दिएको बताइन् ।
ग्लोबलस्पा म्यागजिनसँग कुरा गर्दै मलाइकाले भनिन्, ‘मैले व्यक्तिगत र व्यावसायिक जीवनमा जे गरेँ, त्यसले मेरो जीवनलाई आकार दिएको छ । म कुनै पश्चाताप बिना बाँचिरहेको छु । म भाग्यमानी महसुस गर्छु कि चीजहरू जसरी थिए त्यसरी खुल्दै छन् ।’
मलाइकाका सौतेनी बुवा अनिल मेहताको दु:खको समयमा अर्जुनसँगै बसेका थिए । यस दु:खद् घडीमा मलाइकालाई साथ दिन अर्जुन आएका थिए ।
जनवरीको जुम रिपोर्टका अनुसार मलाइका र अर्जुनको नोभेम्बर २०२३ मा नै ब्रेकअप भएको थियो ।
Facebook Comment
Comment