सरकारलाई ज्ञापनपत्र बुझाउँदै विपक्षी दलहरू

नेपालभ्युज

सरकारलाई ज्ञापनपत्र बुझाउँदै विपक्षी दलहरू
फाइल फोटो

काठमाडौं । विपक्षी दलहरूले सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन् ।

शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

“अहिलेको हाम्रो कर्तव्य सरकारलाई खबरदारी गर्नु हो भन्नेमा हामी एकमत भएका छौँ, ” उनले भने, “दुई/तीन दिनभित्रै ज्ञापनपत्र दिन्छौँ ।”

ज्ञापनपत्रमा यसअघिको विपद्‌मा सरकारले देखाएको बेवास्तापन, परराष्ट्र मन्त्रालयमा ११० जनाभन्दा बढी कर्मचारी थप्ने विषयलगायतका विषय समेटिने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved