अमेरिकाविरुद्ध दिपेन्द्रले लिए एकै ओभरमा २ विकेट

नेपालभ्युज

अमेरिकाविरुद्ध दिपेन्द्रले लिए एकै ओभरमा २ विकेट

काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा नेपालका दीपेन्द्र सिंह ऐरीले एकै ओभरमा २ विकेट लिएका छन्।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि दीपेन्द्रले १५ ओभरको पहिलो र दोस्रो बलमा पाँचौं र छैंटौं विकेट लिएका हुन्।

उनले अमेरिकाका मिलिन्द कुमारलाई २२ रन र हर्मित सिंहलाई शून्यमा आउट गरेका हुन्।

यसअघि गुल्शन झा, करण केसी र रिजन ढकालले नेपालका लागि १-१ विकेट लिए।

अमेरिकाले १६ ओभरमा ६ विकेटको क्षतिमा १०० रन बनाएको छ।

नेपालले दिएको १६५ रनमा अमेरिकाले ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved