१०औं अन्तर्राष्ट्रिय ह्याट्रिक गोलसँगै मेसीको ११२ गोल पूरा

विश्वकप छनोटमा बुधबार बोलिभियाविरुद्ध खेल अर्जेटिनाले ६–० को गोलअन्तरले आफ्नो पक्षमा पार्दा मेसीले आफ्नो १०औं ह्याट्रिक पूरा गरेका हुन् ।

नेपालभ्युज

१०औं अन्तर्राष्ट्रिय ह्याट्रिक गोलसँगै मेसीको ११२ गोल पूरा

काठमाडौं । अर्जेन्टिनाको कप्तान लिओनल मेसीले आफ्नो १०औं अन्तर्राष्ट्रिय ह्याट्रिक पूरा गरेका छन् ।

विश्वकप छनोटमा बुधबार बोलिभियाविरुद्ध खेल अर्जेटिनाले ६–० को गोलअन्तरले आफ्नो पक्षमा पार्दा मेसीले आफ्नो १० औं ह्याट्रिक पूरा गरेका हुन् । यससँगै उनले अर्जेटिनाका लागि ११२ गोल गर्न सफल भएका छन् ।

उनले खेलको १९औं, ८४औं र ८६औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । अन्तर्राष्ट्रिय खेलमा १३३ गोल गरेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो सर्वाधिक गोलकर्ता हुन् । सोही सूचीमा मेसी भने दोस्रो स्थानमा छन् ।

यसअघि कोपा अमेरिकापश्चात दाहिने घुँडाको चोटबाट मुक्त हुने क्रममा मेसीले छनोटका केही खेल गुमाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved