कमला ह्यारिसको क्याम्पियनमा टेलर स्विफ्ट र एआर रहमान

नेपालभ्युज

कमला ह्यारिसको क्याम्पियनमा टेलर स्विफ्ट र एआर रहमान

काठमाडौं । कमला ह्यारिसको चुनावी क्याम्पियनमा  विश्वका चर्चित कलाकारहरु टेलर स्विफ्ट र एआर रहमानले साथ दिएका छन् ।  उनीहरुले सामाजिक सञ्जाल एवं लाइभ प्रस्तुतिमार्फत कमला पक्षमा प्रचारप्रसार गरिरहेका छन् ।

भारतीय संगीतकार रहमानले कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड गरेका छन् । यो भिडियो एसियन अमेरिकन एन्ड प्यासिफिक आइल्याण्डर्स (एएपीआई) विजय कोष संगठनले रेकर्ड गरेको हो।

एआर रहमान ह्यारिसलाई समर्थन गर्ने दक्षिण एशियाका पहिलो अन्तर्राष्ट्रिय कलाकार हुन्। अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । भारतीय मूलकी कमला यस निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार हुन् । उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने दावेदार हुन् ।

एआर रहमानले अमेरिकामा प्रगतिशील विचारधारा नेताहरू र कलाकारहरूमा आफ्नो आवाज थपेका हुन् । यसअघि एआर रहमान र इन्डियास्पोराका अध्यक्ष एमआर रंगास्वामीको भिडियो टिजर पनि रिलिज भएको थियो ।

टेलर स्विफ्टले पनि कमला ह्यारिसलाई भोट गर्न अपील गरेकी थिइन । टेलर स्विफ्टले सेप्टेम्बर १० मा इन्स्टाग्राम पोस्टमा गर्दै लेखेकी थिइन् – म २०२४ को राष्ट्रपतीय चुनावमा कमला ह्यारिस र टिम वाल्जलाई भोट दिनेछु। उनीहरु अधिकारका लागि लडिरहेका छन् ।

उनले कमलालाई प्रतिभाशाली र आत्मविश्वासी नेताको रुपमा व्याख्या गरेका थिए । इन्स्टाग्राममा टेलर स्विफ्टका २८३ मिलियन (२८.३० करोड) फलोअर्स छन् । यसअघि ग्रामी अवार्ड विजेता मेगन स्टालियनले पनि कमलाको र्‍यालीमा प्रस्तुति दिएकी थिइन् ।

कमलाका लागि भारतीय समुदायको चुनावी अभियान अमेरिकामा रहेका भारतीय समुदायले कमला ह्यारिसका लागि चुनावी अभियान सुरु गरेका छन् । अमेरिकी होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टको रिपोर्ट अनुसार अमेरिकामा २१ लाखभन्दा बढी भारतीय-अमेरिकी मतदाता छन्।

भारतीय मूलका नागरिक स्वदेश चटर्जीले समाचार एजेन्सी पीटीआईलाई भने-कमलाकी आमा भारतीय हुन् र उनले त्यो विरासत र संस्कृति पाएकी छिन्। मलाई लाग्छ कि हामी भारतीय-अमेरिकीहरूले पार्टी लाइनहरू भन्दा पर गएर कमलालाई समर्थन गर्नुपर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved