मार्सल आर्ट्स च्याम्पियन्सिपमा निराजनलाई दुई स्वर्ण, इजिकेललाई कास्यपदक

नेपालभ्युज

मार्सल आर्ट्स च्याम्पियन्सिपमा निराजनलाई दुई स्वर्ण, इजिकेललाई कास्यपदक

काठमाडौं । आईसीओ वर्ल्ड कम्ब्याट मार्सल आर्ट्स च्याम्पियन्सिपमा नेपाली खेलाडीले २ स्वर्ण र १ कास्य गरी ३ पदक जितेका छन् ।

जर्मनीको फ्रेङफर्टमा भएको प्रतियोगितामा निराजन मुक्तानले दोहोरो स्वर्ण जित्दा इजिकेल परियारले कास्यपदक जितेको नेपाल उमा कुङ्फु संघका महासचिव भूपेन्द्र गुरुङले जानकारी दिए ।

महासचिव गुरुङकाअनुसार निराजनले किक बक्सिङको पुरुष ६० केजीमुनि फाइनलमा इङ्ल्यान्डका खेलाडीलाई पराजित गरी स्वर्ण जिते । त्यसअघि उनले फ्रान्स, जर्मनी र युक्रेनका खेलाडीलाई हराएका थिए ।

निराजनले अर्को स्वर्ण चाइनिज फम्सको नान् छ्वानमा जितेका हुन् । यो स्पर्धामा निराजनले जर्मनी, युक्रेन, साइप्रस, इङल्यान्ड र स्कोटल्यान्डका खेलाडीलाई पछि पारे ।

इजिकेलले किक बक्सिङको पुरुष ७०–७५ केजीमा कास्यपदक हात पारे । इजिकेल सेमिफाइनलमा जर्मनीका खेलाडीसँग पराजित भएका थिए । अघिल्ला चरणमा भाइब बक्सिङ क्लबका प्रशिक्षक समेत रहेका इजिकेलले इङल्यान्ड र स्कोटल्यान्डका खेलाडीलाई पाखा लगाए ।

इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन आईसीओ जर्मनीको आयोजनामा भएको प्रतियोगितामा विभिन्न ३० राष्ट्रका ७ सय ५ खेलाडीको सहभागिता रहेको आदिवासी खेलकुद संघ नेपालका अध्यक्ष समेत रहेका महासचिव गुरुङले जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved