विपद् उद्धारमा खटिएका इन्स्पेक्टर बडुवालको निधन

नेपालभ्युज

विपद् उद्धारमा खटिएका इन्स्पेक्टर बडुवालको निधन

काठमाडौं । काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्धार गरेका एपीएफका इन्स्पेक्टरको निधन भएको छ ।
विपद्पछि उद्धार र राहत वितरणमा निरन्तर खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन भएको हो । एपीएफ अस्पताल बलम्बुमा सोमबार बिहान उनको निधन भएको हो ।

विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रेको पनौती नगरपालिका ५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन बेस स्थापना गरेको थियो । साउन ३ देखि उनी सोही बेसको कमान्डर थिए ।

पछिल्लो पटक असोज ११ देखिको झरीले काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्धारका लागि उनको कमान्डमा टीम खटिएको थियो । सो बेसबाट काभ्रेको रोशी, भूमिडाँडा, बेथानचोक, नार्केबजार , मंगलटार , कालढुंगा , बाल्टिङलगायतका स्थानमा उनको कमान्ड परिचालित थियो ।

इन्स्पेक्टर बडुवाललाई ज्वरोलगायतका समस्या देखिएपछि असोज २६ गते एपीएफ अस्पताल बलम्बुमा भर्ना गरी उपचार भइरहेकोमा सोमबार बिहान निधन भएको सशस्त्र प्रहरी संगठनले जनाएको छ । बर्दिया घर भएका बडुवाल २०६० सालमा असईबाट सेवा प्रवेश गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved