ताइवान वरपर चीनको सैन्य अभ्यास, ताइवानले पनि उडायो आफ्ना सैन्य जहाज

नेपालभ्युज

ताइवान वरपर चीनको सैन्य अभ्यास, ताइवानले पनि उडायो आफ्ना सैन्य जहाज

काठमाडौं । चिनियाँ अभ्यास सुरु भएपछि ताइवानले पनि आफ्ना सैन्य जहाजहरू उडाएको छ ।

आफ्नो क्षेत्रमा चिनियाँ अभ्यास सुरु भएपछि ताइवानले पनि आफ्ना सैन्य जहाजहरू उडाएको हो । अभ्यासको अमेरिकाले निगरानी गरिरहेको छ ।

चीनले टापुराष्ट्र ताइवान वरपर सैन्य अभ्यास गरिरहेको छ । त्यसमा उसका स्थल, जल र वायुसेनाले सहभागिता जनाइरहेका छन् ।

चीनले आफ्नो सैन्य अभ्यासलाई उक्त स्वशासित टापुको स्वतन्त्रता खोज्नेविरुद्धको कडा चेतावनी भनेको छ ।

चीनले ताइवानलाई घेरेर सुरु गरेको सैन्य अभ्यासलाई ताइवानका राष्ट्रपति विलियम लाईले गत साता गरेको एउटा भाषणको प्रतिक्रियाका रूपमा हेरिएको छ ।

उक्त भाषणमा उनले ताइवानलाई चीनमा गाभ्ने कार्यको प्रतिरोध गर्ने वाचा गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved