हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

नेपालभ्युज

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
प्रतीकात्मक तस्वीर ।

बारा । बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

बाराको कोल्हवी नगरपालिका २ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको सोमबार हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाका अनुसार बिहान घाँस काट्न जङ्गल गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो ।

अबेरसम्म नफर्किएपछि ठोकरलाई परिवारका सदस्य खोजेका थिए । त्यस क्रममा उनको हात्तीको आक्रमणबाट मृत्यु भएको खुलेको हो ।

ठोकरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved