काठमाडौं । यू–१९ महिला टी–२० विश्वकप क्रिकेट एसिया छनोटका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण शिविरका लागि १८ खेलाडी छनोट भएका छन् ।
असोज ३० गतेदेखि भैरहवामा सुरु हुने तेस्रो चरणको बन्द प्रशिक्षण शिविरका लागि १८ खेलाडी छनोट गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को कार्यक्रमअनुसार आगामी नोभेम्बरमा सुरु हुने यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटका लागि खेलाडी छनोट गरिएको हो ।
बन्द प्रशिक्षण शिविरमा छनोट भएका खेलाडी-
मनिषाकुमारी उपाध्याय, एलिसाकुमारी यादव, आश्मा पुलामी मगर, कुसुम गोदार, सना प्रविन, पूजा महतो, सावित्री धामी, कुश्मा गुरुङ, ज्योत्स्निका मरासिनी, स्नेहा महरा, सोनी पाखीन, भवानी कामती, सिमाना केसी, रिया शर्मा, रचना चौधरी, तृष्णा विक, किरनकुमारी कुवर, रन्जु श्रेष्ठ ।
Facebook Comment
Comment