गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एसियाले उडान गर्दै

नेपालभ्युज

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एसियाले उडान गर्दै

काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् ।

निर्माण सम्पन्न भएको लामो समयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलाइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् ।

कुवेतको जजिरा, दुबईको फ्लाई दुबई र थाइल्यान्डमा मुख्यालय रहेको थाइ एयर एसियाले गौतमबुद्ध विमानस्थलमा उडान गर्न लागेका  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए ।

फ्लाई दुबईले आउँदो कात्तिक २४ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नेछ । कम्पनीको यो विमानस्थलमा पहिलो उडान हो । हप्ताको सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो ।

यस्तै जजिरा एयरले आउँदो कात्तिक १२ गतेदेखि पुनः उडान सञ्चालन गर्दैछ । यसअघि १० महिना उडान गरेर उडान स्थगित गरेको एयरलाइन्सले उडान  गर्न लागेको हो । जजिराले हप्तामा तीन दिन मङ्गलवार, बिहीवार, र शनिवार उडान भर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved