चितवन । चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम छिटो सक्ने लक्ष्यकासाथ जारी छ ।
रङ्गशाला निर्माण कार्य दशैंमा पनि रोकिएको छैन । हालसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको बताइएको छ ।
भरतपुर महानगरपालिकाले संघ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको निर्माणको कामलाई अघि बढाएको हो । धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि भरतपुर महानगरपालिकाले अपनत्व लिँदै काम अघि बढाएको हो । ‘हिमालयन कालिञ्चोक बिबिआर जेभी’ले बोलपत्र सकारेर काम गरिरहेको छ ।
प्याराफिटमुनि ढलाई गरिएको महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यले बताए छ । मैदानको माथिल्लो तह फालेर काम थालिएको छ । गत साउनमा बीबीआर जेभीले निर्माणकार्य सुरु गरेको हो ।
विसं २०८३ पुससम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी ७८ करोड ५१ लाखमा ठेक्का लगाइएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिइन् । रङ्गशाला निर्माण गर्न चालु आर्थिक वर्षमा संघीय र प्रदेश सरकारले ५० करोड विनियोजन गरेका छन् ।
रंगशालामा दैनिक दुई चरणमा काम भइरहेको छ । चाडपर्वमा समेत काम नरोकिने प्रमुख दाहालले बताइन् । काममा अवरोध नहोस् भनेर महानगरपालिकाका डिभिजनल इञ्जिनियर नेतृत्वको प्राविधिक समूहले प्रत्यक्षरुपमा रेखदेख गर्ने व्यवस्था गरिएको छ । महानगरले काम छिटो सक्ने लक्ष्य लिएको छ ।
Facebook Comment
Comment