टाउको बिनाको शव फेला, हत्याराको खोजी जारी

नेपालभ्युज

टाउको बिनाको शव फेला, हत्याराको खोजी जारी
प्रतीकात्मक तस्वीर ।

बाँके । जिल्लाको कोहलपुरमा टाउको बिनाको एउटा शव फेला परेको छ ।

उक्त शव कोहलपुर नगरपालिका वडा नं. ८ का स्थानीय ४० वर्षीय चन्द्रबहादुर कामीको रहेको प्रहरीले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक यामबहादुर बुढा मगरका अनुसार प्रारम्भिक अनुसन्धानमा कामीको आइतबार (आज) बिहान मात्रै हत्या भएको खुलेको छ ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टले बंगलाटोल भित्री सडक खण्डअन्तर्गत सरस्वती टोल नजिकै टाउको बिनाको उक्त शव फेला परेको बताए ।

कामीले कोहलपुरमा सामान्य मजदुरी गरी जीवन धान्दै आएका थिए । घटनास्थलदेखि करिब दुईसय मिटर टाढाको सिसिटिभी क्यामेरामा एक जना व्यक्तिले कालो पोलिथिनको झोला बोकेर हिँडिरहेको दृश्य फेला परेको छ ।

यसबाट थप अनुसन्धान प्रक्रिया अगाडि बढेको प्रहरीले जनाएको छ । शव आवश्यक प्रक्रियाका लागि भेरी अस्पताल, नेपालगञ्जमा पुर्‍याइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved